झापामा पेट्रोलको हाहाकार,सर्वसाधारणलाई सास्ती

दमक,३१ असोज । झापामा दुई दिन देखि पेट्रोलको हाहाकार भएको छ । भारतले पूर्वी नेपालको चारआली डिपोका लागि पेट्रोल कम पठाउन थालेपछि झापामा पेट्रोल अभाव भएको हो।
इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको माग अनुसार पेट्रोल नपठाइदिएपछि अहिले झापालगायत पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोल वितरण गर्न सकिरहेका छैनन्।मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलोलिटर पेट्रोलको माग छ।तर भारतको सिलिगुडी डिपोले शनिवार डेढसय किलोलिटर पेट्रोल मात्र नेपाल पठाएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले बताए।

उनले भने, ‘भारतबाटै चाहिएजति पेट्रोल नेपाल आएको छैन। हाम्रो च्यानलबाट भारतमा कुरा गर्ने काम भइरहेको छ।’ दशैं लागेलगत्तै भारतले पेट्रोल कम पठाउन थालेको मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ।पेट्रोल नहुदाँ कतिपय व्यापारीहरुले लुकिछिपी कालोवजारी समेत गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published.