दमक ,२९ असोज । दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले दमकको आम्दा अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेको छ । संस्थाको २६ औं बार्षिकोत्सवका अवसर पारेर बुधबार सो अस्पतालमा उपचारत १५० जना विरामीहरुलाई फलफूल र पानी वितरण गरेको हो ।
संस्थाका अध्यक्ष एलडी राईको अध्यक्षता तथा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शिखर कट्टेलको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव विशेष कार्यक्रम गरि फलफूल वितरण गरिएको कार्यक्रम संयोजक पारषमणि राईले बताए । उनका अनुसार संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बर्षेनी फलफूल वितरण गरिआएको छ ।
फलफूल वितरणको शुभाम्भ गर्दे प्रमुख अतिथि मेसु डा.कट्टेलले सामाजिक सेवामा सहकारीले पुरयाँउदै आएको योगदान प्रंशसनीय भएको चर्चा गरे । सो अवसरमा उनले आम्दा अस्पताल सामुदायिक अस्पतालका रुपमा सुलभ मूल्यमै गुणस्तरिय विशेषज्ञ सेवा दिन प्रतिवद्ध भएको बताए ।
फलफूल वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष टंक दुलाल , आम्दा अस्पतालका सूचना अधिकारी सुमन नेपाल,संस्थाका सचिव दिपेनवाला राई, कोषाध्यक्ष पारषमणि राई , सदस्यहरु बासुदेव राई,यमुना भटटराई ,विष्णु सुब्बा ,राहत तथा सामाजिक कार्यक्रम उपसमितिका सदस्यहरु तेजकुमार लावती,मनु साम्पाड.र कर्मचारीहरु चन्द्र कन्दड्वा , सुर्यकुमारी तामाड. ,राजन केसी र हर्क लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
यसैवीच , बार्षिकोत्सवका अवसरमा संस्थाका अध्यक्ष राईले संस्थाको वृहत्तर हितका निम्ति सहयोग पुरयाँउने आम शेयर सदस्य तथा शुभचिन्तकहरुलाई आभारसहित धन्यवाद दिएका छन् ।