दमक,२८ असोज । शाकाहारी भोजनालयमा परिचित दमकको संगम स्वीट्सले आईसक्रिम पार्लर एण्ड कफी सप सञ्चालनमा ल्याएको छ । दशैंको घटस्थापनाको अवसर पारेर आइतवारदेखि संगम आईसक्रिम पार्लर एण्ड कफी सपको विधिवत शुभारम्भ गरिएको विमल शर्माले बताए ।
संगम आईसक्रिम पार्लर एण्ड कफी सपको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले उद्घाटन गरे । त्यसक्रममा अध्यक्ष गुरागाईले संगम स्वीट्सले साकाहारी भोजनालयसंगै आइसक्रिम, कफी सप सञ्चालनमा ल्याएर ग्राहकको मन जित्न सफल हुने शुभकामना प्रदान गरे ।
सञ्चालक शर्माका अनुसार यस पार्लरमा शुद्ध शाहाकारी केक,कफी,फेस,जुस,लसी र आइसक्रिम लगायतका खाद्य सामाग्रीको विकी वितरण गरिने छ ।संगम आईसक्रिम पार्लर एण्ड कफी सपको एक करोड लगानी भएको सञ्चालक शर्माको भनाई छ ।