दमक,२८ असोज । दमकको बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरमा १४ औं बार्षिक साधारण सभा शुरु गरेको छ ।
आइतबार बुधबारे सेवा केन्द्र , सोमबार सुरुङगा सेवा केन्द्र र मंगलवार विर्तामोड सेवा केन्द्र इकाईको साधारणसभा सम्पन्न भएको संस्थाले जनाएको छ । यसैगरि, बुधबार भने उर्लावारी सेवा केन्द्र र भदौ ३० गते दमकसहितका इकाइगत निर्णयहरुको प्रमाणिकरण तथा प्रमाणिकरण सभा गरि औपचारिक रुपमा साधारणसभा सम्पन्न गरिने कार्यक्रम रहेको सहव्यवस्थापक धर्मानन्द भट्टराईले बताए ।प्रमाणिकरण साधारणसभा दमक उद्योग वाणिज्य संघको सभाहलमा हुने छ ।