जीवन चक्र समाजद्धारा शुभकामना आदानप्रदान, रक्तदाता अधिकारी सम्मानित

दमक, २१ असोज । सामाजिक कार्यमा सक्रिय संस्था जीवन चक्र समाज नेपालले दमकका एक जना रक्तदातालाई सम्मान गरि वडादशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
सोमबार आपनै कार्यालयमा एक कार्यक्रम गरि रक्तदाता विनोद अधिकारीलाई सम्मान गर्नुका साथैं एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो । अधिकारीले ३७औं पटक रक्तदान गरेर समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । संस्थाका अनुशासन विभागका संयोजक वासुदेव काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा वक्ताहरुले चाडपर्वलाई संस्कृतिमूलक बनाएमात्र यस्ता चाडपर्वले सार्थकता पाउने उल्लेख गरे ।
दमक डाइनमिक पब्लिक लाइब्रेरी (डिपीएल) का संस्थापक अध्यक्ष भेषराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नेकपा (एमाले) दमक नगर कमिटी अध्यक्ष राम पौडेल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापा, ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख नारायण भट्टराई , साहित्यकार तथा समाजसेवी दुर्गा काफ्ले, व्यवसायी तथा दमकका अगुवा चन्द्र खत्री, व्यवसायी काशी खाती लगायतको उपस्थिति थियो ।
समाजका उपाध्यक्ष बेनुराज प्रसाईले स्वागत मन्तव्य राखेको सो कार्यक्रमका संस्थाका सचिव गणेश प्रधानले गरेका थिए । त्यस्तै,संस्थाका अध्यक्ष गणेशप्रसाद गौतमले समाजले गर्देआएको सामाजिक कार्यहरुका बारेमा जानकारी गराएका थिए ।
संस्थाले मूलत सडक दुर्घटना रोकथाम ,रक्तदान लगायतका सामाजिक गतिविधिहरु गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.