लाइफलाइन अस्पतालमा अव नर्मल डेलिभेरी निशुल्क

दमक ,२० असोज । दमकको लाइफलाइन अस्पतालले प्रसुति सेवा निशुल्क गर्ने भएको छ । अस्पतालले आइतवार एक कार्यक्रम गरि प्रसुति सेवालाई थप सुविधा पुरयाँउन निशुल्क गर्न लागिएको अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले जनाएका छन् ।
दमक ५ भृकृटी चौंकमा रहेको सो अस्पतालले प्रसुतिका क्रममा नर्मल डेलिभेरी हुने सेवाग्राहीलाई पूर्ण रुपमा निशुल्क सेवा उपलव्ध गराउने निर्णय भएको अस्पतालले जनाएको छ । प्रसुतिका क्षेत्रमा लामोसमयदेखि अस्पतालले गुणस्तरिय स्वास्थ्य सेवा उपलव्ध गराउदैआएको छ ।
अस्पतालका अध्यक्ष भट्टराईका अनुसार प्रसुतितर्फ नर्मल डेलिभेरी हुनेलाई कुनै शुल्क नलिने गरि भोलिदेखिनै पूर्ण रुपमा कार्यान्वयनमा ल्याईने छ । अस्पतालमा प्रसुति तर्फ तीन जना विशेषज्ञले सेवा पुरयाउँदै आएका छन् ।
अस्पतालले बडादशै,तिहार तथा छैठ पर्वका अवसर पारेर अस्पताल परिषरमा आयोजना गरेको शुभकामना आदानप्रदानमा अस्पतालले उपलव्ध गराउदैआएको स्वास्थ्य सेवाका विषयमा जानकारी दिइएको थियो ।
करिव २६ वर्षदेखि सञ्चालन हुदैआएको अस्पतालले सिटीईभिटीको सम्बन्धनमा विभिन्न चार वटा प्राविधिक विषयमा पठनपाठन गर्देआएको छ । यसै चालु शैक्षिक सत्रदेखि आखाँ सम्बन्धी फार्मेसी सम्बन्धी तीन वर्षे प्राविधिक विषयमा पठनपाठनको तयारी भईरहेको उनले बताए ।
सञ्चालक महेश्वरकुमार कार्कीले स्वागत मन्तव्य राखेको सो शुभकामना आदानप्रदानमा अस्पताल सञ्चालक समितिका प्रमुख सल्लाहकार लोकप्रसाद कन्दङवा, पूर्व अध्यक्षहरु डा. तिलकचन्द्र साह, बालचन्द्र सुब्बा, प्रेमबहादुर देवकोटा सञ्चालकहरु डा. नवराज सुब्बा,डा. भिम सुब्बा,भानुभक्त योङदेन, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
सञ्चालक देवेन्द्र भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा अस्पतालका डाक्टरहरु, लाइफलाइन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख बिना सुब्बा,स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.