भूतपूर्व सैनिक संघद्धारा स्वास्थ्य शिविर

बिर्तामोड, १९ असोज । बिर्तामोडस्थित सामाजिक सेवामा सक्रिय रहँदै आएको भारतीय गोर्खा भूतपूर्व सैनिक संघले दुई दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

संघको कार्यालय बिर्तामोडस्थित बसपार्कमा आयोजित स्वास्थ्य परीक्षण शिविरमा १०५ जनाले विभिन्न रोगको जाँच गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए ।

स्वास्थ्य शिविरमा संघमा आबद्ध मात्र नभई सर्वसाधारण सबैको स्वास्थ्य परीक्षण गरिएको थियो । मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोग रहेको शिविरमा बालबालिका, वयस्क र ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।

शिविरमा फिजिसियन, बालरोग, स्त्रीरोग लगायतका विशेषज्ञ चिकित्सकले जाँच गरेका थिए । शिविरमा सेवा लिएका बिरामीलाई अस्पतालले उपचारमा १५ प्रतिशत छुट दिने संघले जनाएको छ ।

संघका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी जलकुमार गुरुङ, तथा नरजङ्ग घले गुरुङ, तारामणि श्रेष्ठ, शेरबहादुर गुरुङ, मणिराज गुरुङ, भूतपूर्व महिला संघ अध्यक्ष रेणुका गुरुङ, सचिव निर्मला गुरुङलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.