झापा, १९ असोज । सर्पले डसेर झापाको बाह्रदशी– ५ घोडामाराकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी– ५ घोडामारा बस्ने प्रकाश न्यौपानेकी श्रीमती अन्दाजी ४१ वर्षीया क\मला न्यौपाने रहेकी छन् ।
उनलाई आफ्नै गाईगोठमा गाई बाँध्ने क्रममा शुक्रवार साँझ ६.३० वजे दाहिने पट्टीको खुट्टामा सर्पले डसेको थियो ।
तत्काल नाम नखुलेको बिषालु सर्पले टोकी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा गएराति ८.५ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिईन् ।