आदिवासी रंगशालाको कामलाई दबाब पुरयाँउन मैत्रीपूर्ण फूटबल

दमक, १७ असोज। निर्माणाधिन आदिवासी रंगशालाको कामलाई दबाब दिने उद्देश्यले शनिवार जिल्लाको कमल ५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालामा शनिबार साँझ दुईवटा जातीय विद्यार्थी संगठनबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको छ ।

उक्त प्रतियोगितामा जीत र हारको विषयवस्तु भन्दा बढी हाल अलपत्र अवस्थामा रहेको आदिवासी रंगशाला निर्माणमा सरकारलाई दबाब सृजना गर्ने उद्देश्यले मैत्रीपूर्ण सो प्रतियोगिता गरिएको किरात राई विद्यार्थी संघकी नेतृ रजनी माङपाहाङ राईले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा लिम्बू विद्यार्थी मञ्च झापा बिजयी भएको थियो । प्रतियोगितामाकिरात राई विद्यार्थी संघ झापा र लिम्बू विद्यार्थी मञ्च झापा सहभागि थिए । उनले निर्माणाधिन रंगशालाको कामलाई दबाब दिन उद्देश्यले दुई जातीय विद्यार्थी संगठनबीच सद्भाव, सहकार्य र एकताका लागि फूटवल खेल गरिएको बताईन् ।
मैत्रीपूर्ण खेलको उद्घाटन आदिवासी रंगशाला तथा स्मृति पार्कका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए । उद्घाटनका क्रममा अध्यक्ष राईले निर्वतमान प्रधानमन्त्री तथा नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओलीको कारण आदिवासी रंगशाला निर्माण कार्यमा बाँधा व्यवधान थपिएको बताए ।
लिम्बू विद्यार्थी मञ्च झापाका अध्यक्ष सागर साम्बाको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सदस्य सुशिल राई र लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष मोहन मावोले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा किरात राई विद्यार्थी संघका केन्द्रीय कार्यवहाक अध्यक्ष सुशन राई, आदिवासी रंगशाला तथा स्मृति पार्कका महासचिव दिपेन वाला राई, शुनिल राई, पूर्व विद्यार्थी नेता समीप साङपाङ राई, किरात राई लेखक संघ झापाका अध्यक्ष जीतेन राई, विन्दु मुकारुङ, दमकका सामाजिक तथा राजनीति व्याक्तित्व अतित बान्तवा राई, पत्रकार अनिलदेब राई, जयकुमार राई लगायतको उपस्थिति थियो ।
प्रतियोगिता उद्घाटनका क्रममा आयोजकले प्रमुख अतिथि राई लगायत अन्य अतिथिहरुलाई दुबै संगठनले आ–आफ्नो संस्कृति झल्किने मायाको चिनो समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.