कानेपोखरीमा प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

पथरीशनिश्चरे, १७ असोज । कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ ।
कानेपोखरी गाउँपालिकाको सहयोग र आइटिएफ तेक्वान्दो डोजाङ कानेपोखरीको संयुक्त आयोजनामा आगामी कार्तिक ५ र ६ गते उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रदेश १ का झापा , मोरङ , सुनसरी, उदयपुर, धनकुटा लगायतका १० जिल्लाका ३ सय ५० प्रतियोगीहरुले सहभागिता जनाउने शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
पुरुष तर्फ २० केजी देखि ८० केजी तौल सम्म र महिलातर्फ २० केजी देखि ७० केजी तौलसम्मका खेलाडीवीच स्पर्धा हुने जनाइएको छ ।
प्रतियोगिता अन्तर्गतका सबै खेलहरु कानेपोखरी गाउँ पालिका वडा नं ६ स्थित जनसेवा माविको खेल मैदानमा सञ्चालन हुनेछन् ।
सो अवसरमा उक्त प्रतियोगिता सम्पन्न गर्न सात लाख रुपैयाँ बराबरको अनुमानित बजेट लाग्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष युवराज भुजेलले बताएका छन् ।
प्रतियोगिताका विजयी प्रथम, द्धितीय र तृतिय हुने खेलाडीलाइ क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ पुरस्कार,प्रमाणपत्र प्रदान गरिने छ । खेलाडीहरुलाई खाना, बस्न र यातायात सहितमा उक्त रकम खर्च हुने बताइएको छ ।
गत बैशाखमा स्थापना भएको उक्तआइटिएफ तेक्वान्दो डोजाङको आयोजनामा हुने उक्त प्रतियोगितालाइ सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोजकले सबैमा आग्रह गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.