मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दमक,१७ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी- ११ स्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार हिजो साँझ ५.२० बजे तिर उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको साइकललाई सोहि दिशातर्फ जाँदै गरेको प्र १ –०१–०१२ प ७८१९ नं. को मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर सोही मोटरसाइकलको पछाडि सवार शिवसताक्षी -७ बस्ने ३५ वर्षिय लक्ष्मी भण्डारीको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यता ठक्करबाट साईकल चालक शिबसताक्षी -११ बस्ने ५५ वर्षिय रामचन्द्र कट्टेल सामान्य घाईते भएका थिए । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र मोटरसाइकल चालक शिबसताक्षी- ७ बस्ने २५ वर्षिय सुवास भण्डारीलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको जिला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.