काँग्रेस पथरीशनिश्चरे नगरसभापतिमा भट्टराई निर्वाचित

पथरीशनिश्चरे, १६ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पथरीशनिश्चरे नगरको आज सम्पन्न निर्वाचनबाट सभापति पदमा रूपनारायण भट्टराई निर्वाचित भएका छन् ।
नवनिर्वाचित सभापति भट्टराईले ८२ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । कूल १ सय ९९ मत झरेको थियो ।
सभापतिमा इश्वरबहादुर थापा (५४ ) र लोक नाथ खरेल (५८ ) मत प्राप्त गरेका थिए ।
दुई उपसभापति पदमा सवैभन्दा बढी मत ल्याएर सन्तोष कार्की ( १४८ ) र कूल बहादुर गुरुङ (९३ ) मत ल्याएर निर्वाचित भए भने उपसभापतिमा किशोर बहादुर बस्नेत (७८ ),सन्तोष गुरुङ( ३२ ) मत ल्याएका थिए । यस्तै दुई सचिव पदमा
योगराज पाठक (१०८ ) र सोम बहादुर कटुवाल (१३० ) मत प्राप्त गरि निर्वाचित भए । त्यस्तै,सचिवका प्रत्यासी लक्ष्मी प्रसाद दुलाल( ६८ ) मत ल्याएका थिए । त्यसैगरि, द्धयसहसचिव पदमा सोफिया कटुवाल(१२० ) र खगेन्द्र बहादुर बस्नेत (११९ ) निर्वाचित भए भने अर्का प्रत्यासी सागर बरालले ( ८५ ) मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
नव निर्वाचित समितिका पदाधिकारी र वडाबाट निर्वाचित खुला सदस्य तगा समावेशी सदस्यहरुलाई आजै प्रमाण पत्र सहित प्रदान गरिएको मतदान सहायक अधिकृत प्रेम केडी भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.