पिकअपको ठक्करबाट बाह्रदशीमा एक बालिकाको मृत्यु

दमक,१६ असोज । पिकअपको ठक्करबाट जिल्लाको बाह्रदशी गाउँपालिका –५ घोडामारास्थित भित्री सडकखण्डमा एक बालिकाको मृत्यु भएको छ भने आमासहित दुईजना घाइते भएका छन् । शुक्रबार साँझ ४.३० बजे तिर बाह्रदशी ५ घोडामारास्थित भित्री सडकखण्डमा दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ च २५४६ नम्बरको पिकअप अनियन्त्रित भई घर अगाडी बाटोमा उभिरहेका सोही ठाउँका ४० वर्षिया मिना पौडेल र उनकी छोरी १५ वर्षिया आइसा पौडेललाई ठक्कर दिदाँ पिकअप पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा आमाछोरीसहित पिकअपमा सवार कन्काई नपा ९ बस्ने ४७ वर्षिय देवीभक्त बोहरा क्षेत्री समेत घाईते भएका थिए । तीनैजनालाई बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा उपचारका क्रममा शनिबार बिहान छोरी आइसाको मृत्यु भएको हो । बोहराको अवस्था सामान्य रहेको छ भने आमा मिनाको दाहिने खुट्टा,अनुहार र नाकमा चोट लागेको छ ।
दुर्घटनामा पिकअप चालक कन्काई –८ घैलाडुब्बा बस्ने ३६ वर्षिय अभय राजवंशीको निधार र दाहिने खुट्टामा सामान्य चोट लागेको र उपचारपश्चात इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.