
दमक,१४ असोज । कमल गाउँपालिका ५ बसन्तचौक स्थित बस्तीविकास बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक तथा लेखा समितिको नयाँ नेतृत्व चयन भएको छ ।
संस्थाको छैठौ चुनावी बार्षिक साधारणले भुपेन्द्र लावतीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र सुमीत्रा राईको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा गजेन्द्र धिमाल,सचिवमा देवराज बस्नेत र कोषाध्यक्षमा बिष्णुमाया धिमाल चुनिएका छन् ।
यसैगरि सञ्चालक समितिको सदस्यहरुमा सन्तबहादुर रसाइली,आरती धिमाल, सितादेवी भुजे ल, शेरवहादुर तामाङ,दिपक कुमार संग्रौला,शुसीला माझी र नबिनविक्रम धिमाल चुनिएका छन् । यस्तै, लेखा समितिको सदस्यद्धयमा अनमोल राई र कर्ण बहादुर रुचाल चुनिएका छन् ।
चार बर्से कार्यकाल रहने नवनिर्वाचित समितिको हालै पदस्थापन समेत भईसकेको व्यवस्थापक किशोर गुरागाईले जानकारी दिए ।
४०२ जना शेयर सदस्य रहेको सहकारीमा हाल शेयर पूंजी साढे ५२ लाख पुगेको छ ।