
पथरीशनिश्चरे , १४ असोज । मोरङ, पथरीशनिश्चरे वडा नं ७ का स-मिल संचालक कृष्णकुमार कोइराला ३ लाख धरौटी बुझाएर छुटेका छन् ।
जंगलबाट चोरी गरेर ल्याएको काठ किनेको अभियोगमा भदौ १५ गते सव डिभिजन वन कार्यालय पथरीले पक्राउ गरेको थियो ।
काठ चोरी गरेर बिक्री गर्न लागेको आरोपमा पथरीशनिश्चरे वडा नं १० का ३१ वर्षे हेमकुमार माझीलाई समेत प्रहरीले असोज ४ गते पक्राउ गरेको थियो ।
जिल्ला अदालत मोरङले कोइरालालाई ३ लाख र माझीलाई १ लाख धरौटी लिई छाडेको डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
वडा नं १० घर भएका कोइरालाले समिल वडा नं ७ स्थित बिष्णु चौकमा संचालन गर्दै आएका छन्।
सोही मुद्दामा परेका जुठे चिनिने महेन्द्र खवास भने फरार छन् । कोइरालाको समिलबाट ५२.१९ क्युफिट सखुवाको १२३ थान र २ क्युफिट गोलिया एक थान काठ बरामद भएको डिभिजन वन कार्यालय पथरीले जनाएको छ ।
माझी र खवासले पशुपति सामुदायिक वन समूहको क्षेत्रबाट काठ चोरी गरेर त्यहाँ बिक्री गरेको बुझिएको छ । पछिल्लो समयमा विभिन्न सामुदायिक तथा राष्ट्रिय वनबाट समेत काठ चोरी तस्कारी बढ्दै गएको बताइन्छ ।