झापा, १२ असोज । झापाका फोटो पत्रकार सरद जोशीले नेपाल पत्रकार महासंघको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् ।
पत्रकार महासंघ झापाले आज बुधबार बिर्तामोडमा एक कार्यक्रमकाबीच फोटो पत्रकार जोशीलाई खादा पहि¥याएर हिमाल आरोहण सफलताको शुभकामनासहित झण्डा प्रदान गरियो। महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु गोविन्दचन्द्र क्षेत्री ,कृष्ण हुमागाईले शुभकामना मन्तव्य राखेका थिए ।
फोटो पत्रकार जोशीले हिमाल आरोहणका लागि पत्रकार महासंघबाट आफूलाई उत्साह र ऊर्जा प्राप्त भएको बताए । तीन इजरायली, एक भारतीयसहित फोटो पत्रकार जोशी उक्त हिमाल आरोहणका लागि प्रस्थान गर्न लागेका हुन् । मनाङको हिमलुङ हिमाल ७१२६ मिटर उचाइको रहेको छ ।