दमक ,९ असोज । दमक- ८ मा मुख्य कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः लछुदास राई (एलडी ) चुनिएका छन् ।
संस्थाको २६ औं चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट राईको अध्यक्षतामा नौं सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएका हुन् ।आगामी चारवर्षे कार्यकालका निर्वाचित समितिको उपाध्यक्षमा टंकप्रसाद दुलाल,सचिवमा दिपेनवाला राई, सहसचिवमा फूलसरी राना र कोषाध्यक्षमा पारषमणि राई चुनिए ।
यसैगरि, सदस्यहरुमा विष्णु सुब्बा, बासुदेव राई, राजेन्द्र लिम्बू यमुना भट्टराई निर्वाचित भएको गठित निर्वाचन समितिका सदस्य अनिलदेव राईले जानकारी दिए ।
यसैगरि, इन्द्रमान चाम्लिङको संयोजकत्वमा ज्ञानदिप राई र मनप्रसाद चेम्जोङ रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत निर्विरोध निर्वाचित भए ।
नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी ,सदस्यहरुलाई निर्वाचन समितिका संयोजक पारष आचार्यले सपथग्रहण गराउनुका साथैं निर्वाचित प्रमाणपत्र प्रदान गरे ।
साधारणसभाका अवसर पारेर निर्वाचन समितिले निर्वाचित दुवै समितिको नामावली घोषणा गरिएको थियो ।त्यसक्रममा नवनिर्वाचित अध्यक्ष राईले प्रतिवद्धता मन्तव्य राखेका थिए भने प्रमुख अतिथि संस्थाका पूर्व उपाध्यक्ष समेत रहेका ज्येष्ठ शेयर सदस्य लोकप्रसाद कन्दङवा, संस्थाका सल्लाहकार क्याप्टेन विवी राई लगायतले बधाई शुभकामना मन्तव्य राखेका थिए ।