दमक ,१० असोज । दमक ८ मा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको २४ औं चुनावी साधारण सभाबाट लक्षुदास (एलडी) राईको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको हो ।
निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा कृष्णबहादुर गोले, सचिवमा दिपेनवाला राई, सहसचिवमा फुलसरी राना मगर र कोषाध्यक्षमा टंक दुलाल निर्विरोध निर्वाचित भएका हुन् ।सञ्चालक समिति सदस्यहरुमा यज्ञराज आङदेम्बे (बिष्णु ) सुब्बा, पारसमणी राई, पदमबहादुर तामाङ, हरिमाया कन्दङवा, राजेन्द्रकुमार लिम्बू र बासुदेव राई निर्वाचित भएका छन् । त्यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुरेन्द्र लिम्बू र सदस्यद्धयमा यमुना भट्टराई र ज्ञानदिप राई चुनिएका छन् ।
बुधबार सम्पन्न संस्थाको २४ औं बार्षिक साधारण सभामा नयाँ सञ्चालक समितिको निर्वाचित प्रमाणपत्र वितरणसहित सपथग्रहण गराईएको थियो ।नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन संयोजक पारषमणि आचार्यले सपथग्रहण गराउनुका साथै निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाको नयाँ नेतृत्व चयन गर्न आचार्यको संयोजकत्वमा कानुनी सल्लाहकार मकवान लिम्बू र अनिलदेव राई सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष राईले प्रतिवद्धता मन्तव्य राखेका थिए भने संस्थाका संस्थापक अध्यक्ष जीतमान राई, निर्वतमान अध्यक्ष धनराज राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।