दमक, १० असोज । दमकको फुटपाथलाई थप ब्यवस्थित गरिने भएको छ । दमक नगरपालिकाले आज फूटपाथ ब्यवस्थित तथा बजारीकरणका बिषयमा सरोकारवाला वीच छलफल गरि फूटपाथ व्यवस्थित गर्ने निर्णय गरेको नगरपालिकाले छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको छलफलले अतिक्रमित फुटपाथ खाली गराउन ३५ दिने सूचना निकालेर सुचित गराउने निर्णय गरेको छ ।
छलफलमा नगर उपप्रमुख भट्टराईले दमकलाई व्यवस्थित बनाउन अतिक्रमित ठाउँ खाली गराउनै पर्ने र सो कार्यमा सबै पक्षको सहयोगको अपेक्षा गरेको बताईन् । आफुहरु दमकलाई समृद्ध बनाउने योजनामा प्रतिबद्ध भएको भन्दै उनले भनिन् , –‘यसमा नागरिक समाजको झनै ठुलो सहकार्य आवश्यक रहेको छ , नगरपालिका एक्लै केहि गर्न सक्दैन् । ’
उनले चाडपर्वको समयमा मानिसहरुको चहलपहल अझ बढी हुने भएकाले यो बेलामा सुरक्षा निकायलाई पहिला भन्दा धेरै परिचालित हुन समेत आग्रह गरिन् । उनका अनुसार नगरपालिकाले सूचना जारी गरि फुटपाथ खाली गराउन आग्रह गर्ने र समय भित्र खाली नगराए प्रशासनको सहयोगमा खाली गराउने छ । उनले दमक बजारको सिटीसफारी लगायतको सवारी पार्किङ समस्या समाधानका लागी समेत खाली जमिन खोजी रहेको भन्दै कतै जमिन पाए भाडामा लिएर ब्यवस्थित पार्किङ बनाउने योजना रहेको बताईन् ।
छलफलमा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीले दमक बजारलाई ब्यवस्थित बनाउने अभियानमा आफु एउटा सहयोगीको रुपमा रहने बताए । शान्ति सुरक्षालाई व्यवस्थित बनाउन तल्लिन रहेको भन्दै व्यवस्थित शहरीकरणका लागी पनि प्रहरी परिचालित हुन तयार रहेको बताए ।
कार्यक्रममा दमक वडा नम्बर १, ७ र ८ का वडाध्यक्षहरुसहित उद्योग बणिज्य संघका द्वितिय उपाध्यक्ष राजु खड्का, साथीभाई समूहका अध्यक्ष गंगा सिटौला, सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरीराज भट्टराई, सब्जी व्यवसायी, यातायात व्यवसायी लगायतले सडको अतिक्रमण हटाउन सबैको साथ रहेको जनाएका थिए ।
व्यवसायीले दमकको चौंक,वजारमा सडक मिचेर व्यापार गरिआएका छन् । जसले सडकमा जोखिम बढाउदै आएको स्थानीय बताउँछन् ।