तेक्वान्दो संघ झापाको नयाँ नेतृत्व

दमक,८ असोज । नेपाल तेक्वान्दो संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । भद्रपुरस्थित संघको जिल्ला कार्यालयमा आइतवार आयोजित पाँचौ जिल्ला अधिबेशनले कुमार भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष भट्टराई अर्जुनधारास्थित शनिश्चरे डोजाङका अध्यक्ष हुन् । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा दिपेन धिमाल, कोषाध्यक्षमा विवेक गिरी चुनिएका छन् । यसैगरि, सदस्यहरुमा रुपक कुमार राई (गौरीगञ्ज),तिर्थवहादुर कटुवाल (झिलझिले ),लक्ष्मी राजवंशी (अर्जुनधारा ) ,राजकुमार दर्जी ( शनिश्चरे ) योगिन्द्र रिजाल (विर्तामोड) चयन भएको दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले बताए ।
अधिबेशन उद्घाटनमा झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु कुमार नेम्बाङ, जिल्ला भरिका तेक्वान्दो डोजाङका खेलाडीहरु , प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.