पञ्चकन्या -झारबारी टोल विकास संस्थाको नेतृत्व

अध्यक्ष: राई

कमल,६ असोज । कमल- ६ स्थित पञ्चकन्या -झारबारी टोलबिकास संस्थाको अध्यक्षमा रेडक्रसकर्मी पारषमणी राई चुनिएका छन् । राई नेपाल रेडक्रस सोसाईटी लखनपुरका सचिव तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
आज प्रथम साधारण सभाले राईको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा सरस्वती राई, सचिवमा केशव तिम्सिना,सहसचिवमा बिबेक नेम्बाङ र कोषाध्यक्षमा सुमित्रा न्यौपाने चुनिएका छन् । यस्तै सदस्यहरुमा भिम नेम्बाङ, फुलमाया नेम्बाङ, महेन्द्र प्रसाद पौडेल,पुष्पलाल पौडेल र मुना महरा चुनिएका छन् ।
कमल ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राजेन्द्र मिश्रको अध्यक्षतामा भएको भेलाले सर्वसम्मत नेतृत्व चयन भएको वताईएको छ ।

Leave a Reply

Your email address will not be published.