
दमक,६ असोज । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अमर बराईलीद्वारा संकलित झापा क्षेत्र नम्बर ५ का नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुको टेलिफोन डाईरेक्टरी आज बिमोचन गरिएको छ ।
संघिय संसद सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्यतामा आज दमकस्थित कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रम गरि उक्त डाईरेक्टरी विमोचन गरिएको हो ।
डाईरेक्टरीका संकलक अमर बराईलीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । डाईरेक्टरीमा झापा क्षेत्र नम्बर ५ भित्रका २७ वटै वडाका पार्टीका वडा सभापति र ८१७ जना क्षेत्रीय प्रतिनिधिहरुको नाम र सम्पर्क नम्बर राखिएको संकलक बराईलीले जानकारी दिए । पार्टीले कुनै पनि कार्यक्रम गर्दा क्षेत्रभरिका नेता कार्यकर्ताहरुलाई खबर गर्न साथै पार्टी संगठन निर्माणमा सहयोग पुगोस भनेर उक्त डाईरेक्टरी प्रकाशन गरिएको उनले बताए ।
संकलक बराइलीले क्षेत्रभरिका पार्टी कार्यकर्ताहरु माझ टेलिफोन डाइरेक्टरी पुरयाँईने बताए। यसअघि समेत संकलक बराइली कांग्रेसको १४ औ महाधिबेशनलाई समेटेर पुस्तक समेत सार्वजनिक गरेका थिए । सामाजिक अभियान्ता समेत रहेका बराईली यसपटक पनि आसन्न झापा क्षेत्र न ५ को क्षेत्रीय अधिबेशनमा दलित कोटाबाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरिआएका छन् ।