
–कवि राई
दमक,,१ असोज । लायन्स क्लब इन्टरनेशल अन्तर्गत रहेको लियो डिष्ट्रिक काउन्सिल ३२५ ए वान को १० औं पदस्थापन तथा डिष्ट्रिक काउन्सिल मिटिङ दमकमा हुने भएको छ ।
लियो डिष्ट्रिक ३२५ ए वान का रिजन–३ का रिजन चियर पर्सन संजयजंग थापाको संयोजकत्वमा सोको तयारी भइरहेको हो । असोज ९ गते शनिबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा पदस्थापन कार्यक्रम भव्य रुपमा सञ्चालन गर्ने तयारी भइरहेको संयोजक थापाले बताए।
कार्यक्रमलाई सफल बनाउन दमक तथा आसपासमा रहेका सम्पूर्ण लियो क्लबहरुले समेत सहकार्य गरिरहेका छन् । दमकका सम्पूर्ण लायन्स क्लब, डिष्ट्रिक ३२५ ए वान का पदाधिकारीहरुको सहयोग र साथ पाइरहेकोले कार्यक्रमलाई सफल बनाउन सहज हुनेमा आफू विश्वस्त रहेको संयोजक थापाले बताए ।
इन्स्टलिङ अफिसरका रुपमा लायन्स क्लब डिष्ट्रिक ३२५ ए वान, नेपालका डिष्ट्रिक गवर्नर लायन रेवत बहादुर कार्की पिएमजेएफ भने र प्रिसाडिङ अफिसरको रुपमा लियो डिष्ट्रिक ३२५ ए वानका जिल्ला अध्यक्ष लियो मुकेश पौडेल रहने छन्।