दमक ८ स्थित सरस्वती टोलमा सरसफाई

दमक,३० भदौं । दमक ८मा रहेको सरस्वती टोल बिकास संस्थाले आज टोलको सरसफाई गरेको छ ।टोलवासीहरु सबै भेला भएर दमक चोकस्थित पूर्व पश्चिम राजमार्गदेखि दक्षिण सरस्वती टोलको सिमाना सम्म सरसफाई गरिएको अध्यक्ष चन्द्र खत्रीले बताएका हुन् । सडक पेटीलाई अवरोध गरेको रुख विरुवा काट्ने र पक्की ढल ,सडक सरसफाई गर्नुका साथै झारपात उखेल्ने समेत गरिएको सरस्वती टोल बिकास संस्था दमक ८का सचिव राजन लुइटेलले जानकारी दिए।
टोलको सरसफाई पछि टोलवासीसंग संस्थाले टोलको विकासका बारेमा छलफल समेत गरिएको संस्थाका अध्यक्ष खत्रीले बताए । टोलको सरसफाईलाई निरन्तरता दिने उनले जनाए ।

Leave a Reply

Your email address will not be published.