अनेमसंघ (कान्तिकारी ) कमलको नयाँ नेतृत्व

दमक, ३१ भदौं । झापाको कमल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र ) ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गाउँ कमिटीको नेतृत्व चयन भएको छ ।
आज सम्पन्न गाउँ भेलाले गौरी राईको अध्यक्षतामा ३५ सदस्यीय अनेमसंघ (कान्तिकारी ) कमल गाउँ कमिटी गठन गरिएको छ ।

संघको उपाध्यक्षद्धयमा नरमाया तामाङ ,अनिशा लावुङ ,सचिवमा शान्ता दाहाल, कोषाध्यक्षमा कल्पना राई र सहसचिवमा ज्योती शेर्पा चुनिएकी माओवादी केन्द्र कमल गाउँ कमिटी अध्यक्ष रविन गुरुङ्गले जानकारी दिए ।

भेला प्रतिनिधिसभा सदस्य समेत रहेकी पार्टीकी झापा जिल्ला ईन्चार्ज धर्मशिला चापागाईको प्रमुख आतिथ्यता रहेको थियो । नवगठित कमिटीका पदाधिकारी र कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो ।

कमलमा यसअघि पार्टीको वडा कमिटीहरु गठन गर्दै मोर्चाहरु निर्माण कार्यलाई सम्पन्न गरिसकिएको अध्यक्ष गुरुङले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.