दमक,३० भदौ । दमक -१ मा रहेको आदिवासी पबित्र दिदिबहिनी समूहको नयाँ नेतृत्व चयन भएको छ । हमज सम्पन्न समूहको प्रथम साधारणसभा एवं अधिबेशनले पुनः फुलकुमारी नेम्बाङ आङ्देम्बेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा आशा राई, सचिवमा पञ्चमाया लिम्बू, र कोषाध्यक्षमा रन्जना सम्बाहाम्फे चुनिएकी छन् । यसैगरि, सदस्यहरुमा अनु राई, कविता फागो, रनमाया कुमाल, बुद्धमाया देवान, रमिला राई, कल्पना जबेगु र धनकुमारी लिङ्देन बेघा चुनिएकी छन् । समूहको नेतृत्व चयन गर्न प्रमुख अतिथि समेत रहेका प्रेम बेघाको संयोजकत्वमा एक निर्वाचन मण्डल गठन गरिएको थियो ।समूहले करिव १० लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।नवनिर्वाचित समितिलाई संकल्प लिङ्देन अर्जुन राई ,मोति लिम्बू ,सन्जय रार्इ लगायतले बधाई शुभकामना व्यक्त गरेका थिए ।समूहले विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको छ ।