जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

झापा,२९ भदौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाले ज्यान गुमाएका छन् ।मुख्यसचिव एकनाथ अर्यालका अनुसार गत भदौं २३ र २४ गते भएको काठमाडौंसहित देशैभरि भएको प्रर्दशनका क्रममा प्रर्दशनकारी ,सुरक्षाकर्मी र कैदीवन्दी गरि ७२ जनाले ज्यान गुमाएका छन् । उनले १९१ जनाको घाइतेको उपचार भइरहेको जानकारी दिए ।
उनले भने,– ‘अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जनाले सहादत प्राप्त गरिसकेका छन् ’ उनका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको छ ।
जेनजी आन्दोलनका क्रममा काठमाडौं बाहेक सुनसरीको इटहरी, धरान, झापाको विर्तामोडमा गरि ९ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published.