झापा ,२९ भदौं । जेनजी आन्दोलनका कारण असहज परिस्थिति भएपछि झापामा सशस्त्र प्रहरीका तीन वटा बेस क्याम्प मर्ज गरिएको छ । खुदुनावारी बेस क्याम्प , टिमाई बेस क्याम्प र गोलधाप बेस क्याम्पलाई तत्कालका लागि अन्य प्रहरी युनिटमा मर्ज गरिएको हो । खुदुनावारी वेस क्याम्प र टिमाई बेस क्याम्पलाई शनिश्चरे बेस क्याम्पमा मर्ज गरिएको छ ।
त्यस्तै गोलधाप बेस क्याम्पलाई सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापामा मर्ज गरिएको छ । जनशक्तिलाई एकत्रित पार्न मर्ज गरिएपनि ती बेस क्याम्पहरु खाली नगरिएको र केही दिनमै पुनस्र्थापित गरिने जनाइएको छ ।