धरान,२९ भदौं । रुखबाट लडेर धरानमा एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान –१७ पटनाली बस्ने ८२ वर्षीय पूर्णशंकर राई रहेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार आइतवार बिहान ९ बजे तिर उनी सोही ठाउँमा रहेको बेलपानी जंगलमा घाँस काट्ने क्रममा करमको रुखमा चढेका बेला एक्कासी लड्न पुगेका थिए ।
प्रहरीले मृतकको कानुनी प्रकृया पूरा गरि शव पोस्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाएको छ ।