
झापा,२९ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदैछन् । बिर्तामोडको साई पार्टी प्यालेसमा आयोजित पार्टी अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्न ओली झापा आउन लागेका हुन् । पार्टी विभाजन पछि ओली पार्टीको कार्यक्रममा सहभागी हुन पहिलोपटक झापा आउन लागेका हुन् ।
दिउँसो १ बजे उनले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । ओली आजै काठमाडौँ फर्कने कार्यक्रम छ ।