दमक , २८ भदौं । दमकका १० वटा बढी सहकारी संस्थाहरु निस्कृय सूचीमा रहेको पाइएको छ । प्रदेश सहकारी रजिष्टार कार्यालयका अनुसार सहकारी नियम विपरीत लामोसमयदेखि कारोवार नगरेका १० वटा सहकारीलाई निस्कृय सूचीमा परेको छ । ती निस्कृय अवस्थाका सहकारीले नियामक निकाय प्रदेश सहकारी रजिष्टार कार्यालयमा बुझाउनु पर्ने विवरण बुझाएका छैनन् ।
विवरण नबुझाउने सहकारीहरुमा कृषि विकास बहुउद्देश्यीय ,जिल्ला उपभोक्ता, क्लियर कृषि सहकारी , स्वर्गपुरी वचत तथा ऋण सहकारी,मजवुत बचत तथा ऋण सहकारी संस्था निस्कृय सूचीमा छन् । त्यस्तै, विष्णुलक्ष्मी ,सपोर्ट,भाग्यशाली ,नवर्मिमिरे,नवरंग बचत तथा ऋण सहकारी निस्कृय सूचीमा रहेको सहकारी रजिष्टार भूपेन्द्र खनालले जानकारी दिए । उनले निस्कृय सूचीमा रहेका ती सहकारी संस्थाहरुले कारोवार नगरि बन्द गरिसकेका,कतिपय सञ्चालक लापत्ता भएका पाईएकाले अव सहकारी नियमानुसार कारवाही गरिने स्पष्ट पारे ।