गौरीगञ्ज ,२८ भदौं । नेपाल सन्थाल आदिवासी उत्थान संघ गौरीगञ्जको अध्यक्षमा राइसिन हेमरम चुनिएका छन् ।संघको आज सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनले हेमरमको अध्यक्षतामा १३ सदस्य गाऊँ समिति गठन गरेको हो ।
नेपाल सन्थाल आदिवासी उत्थान समिति गौरीगञ्ज तदर्थ समितिका अध्यक्ष जेठा मूर्मूको सभापतित्वमा र गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरको प्रमूख आतिथ्यतामा सम्पन्न अधिबेशनबाट निर्वाचित समितिको उपाध्यक्षमा रानी सोरेन ,सचिवमा जगन मूर्मू , सहसचिवमा मर्कूस चोडे र कोषाध्यक्ष तिला मूर्मु चयन भएका छन् ।
यसैगरि समितिको सदस्यहरुमा सूनिल टूडू , सर्मिला सोरेन, श्याम हेमरम, बिजय बास्की, निमाई सोरेन, कान्छा टूडू, एतवार टूडु र लखन हेमरम चयन भएका छन् ।
गौरीगञ्ज–६ शिवालय मन्दिरको हलमा भएको अधिवेशनको उद्घाटन सत्रमा वडा न. ३ का अध्यक्ष श्रवण गिरी, नेपाल आदिवासी जनजाति महासंघ गौरीगञ्जका अध्यक्ष गङ्गा राजबंशी, नेपाल सन्थाल आदिवासी उत्थान केन्द्रीय कमिटी सदस्य बिरेन्द्र मर्डी , जिल्ला कमिटी सदस्य कूबराज मूर्मू लगायतको उपस्थिति रहेको थियो ।