दमक,२८ भदौ । लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशै कार्यक्रम अन्तरगत झापाको कमल गाँउपालिका वडा न. ६ का अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।
क्लव कोषाध्यक्ष एवं दमकका सफल युवा ब्यवसायी सन्दिप साहेवालाको जन्मदिनको अवसर पारेर उनको सहयोगमा १० घर परिवारलाई खाद्यन्न उपलब्ध गराएको हो ।
चामल, चिउरा, भुजा, दाल, नून, खानेतेल, चिनी लगायतका दैनिक अत्यआवश्यकीय उपभोग्य सामाग्रीहरु प्रतिपरिवार कम्तिमा पनि १ महिना पुग्ने गरी उपलब्ध गराईएको क्लवका अध्यक्ष अशोककुमार अग्रवालले बताएकाछन् ।
तडकभडक तथा होटलहरुमा गएर जन्मदिन मनाउनेभन्दा अति विपन्न परिवारलाई सानो सहयोग गरेर भएपनि जन्मदिन मनाउने सोच अनुसार लायन्स क्लव अफ झापा मार्फत आफुले खाद्यन्न उपलब्ध गराएको साहेवालाले बताए।
खाद्यन्न बितरण कार्यक्रममा वडा न. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईले दिर्घ रोगी अपाङ्ता भएका अति बिपन्न परिवारलाई लायन्स क्लव मार्फत खाद्यन्न बितरण अभियानको रुपमा चलाउदै आएको पाईएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।
लायन्स लिडरहरु अजयकुमार अग्रवाल, दिवस राई, कमल उदास लगायतले जन्मदिनको अवसरमा शुभकामना सहित जन्मदिन यस प्रकारले मनाउने संस्कृतिको विकास लायन्सकर्मीहरुले गर्दै आएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । स्थानीय सामाजिक अगुवा युवा दिपक खडकाले कार्यक्रमको सहजीकरण गरेका थिए ।
