
दमक,२८ भदौ । नेपाली कांग्रेस दमकको आसन्न्न निर्वाचनमा सहसचिवका बलिया उम्मेदवारका रुपमा विजय राई उभिएका छन् । कांग्रेसको पार्टी संगठनमा लामोसमयदेखि काम गरिआएका दमक ५ निवासी युवा व्यक्तित्व राई सभापतिका प्रत्यासी पर्शुराम रिजालको समूहबाट उम्मेदवार बनेका हुन् ।
पार्टीको जिम्मेवारीसंगै खेलकुद क्षेत्रको नै अगुवाई गरिआएका उनी गोर्खा स्पोर्टिङ क्लवका अध्यक्ष हुन् । राजनीतिकबाहेक व्यापार,व्यवसायमा संलग्न उनी पार्टीमा क्रियाशील भएकै कारण पार्टीले दिने जिम्मेवारी सम्हाल्न सहसचिवका उम्मेदवार वनेको तर्क गर्छन् । उनी भन्छन्, –‘पार्टीका सवै नेता,कार्यकर्ताहरुको साथ र सहयोगवाट यो जिम्मेवार पाए सधै इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता गर्दछु ’
पार्टी भित्रको आन्तरिक निर्वाचनका क्रममा नगर भित्रका सवै क्षेत्रीय प्रतिनिधि,शुभेच्छुकहरुको माया पाउने विश्वास उनको छ । उम्मेदवार वनेपछि अधिकांस क्षेत्रीय प्रतिनिधि,वडा सभापतिहरुको घरघर पुग्ने क्रममा आफू आशावादी भएको उनले सुनाए । पदका लागि होइन, काम गर्नका लागि पनि सहसचिवमा दावी प्रस्तुत गरेको उनको तर्क छ । उनले भने, –‘मलाई योग्य ठान्नुभयो भने सहयोग गर्नुहोला, परीक्षामा उभिएका छौं’
सहसचिवका लागि आवश्यक दुई जनाका ठाँउमा अहिलेसम्म तीन समूहबाट ४ जनाले उम्मेदवारी वनाउने घोषणा गरेका छन् । त्यसमा रिजाल समूहबाट उनीसहित रमुना चापागाई, प्रकाश प्रसाईको समूहबाट नवराज न्यौपाने, मणि लिम्बू ,रोशन विष्टको समूहबाट विरेन्द्र आङदेम्बे,अमित थापालाई उम्मेदवार वनाएको छ ।