
दमक,२६ भदौ । दमकमा बसेर अध्ययन गर्ने इलामेली विद्यार्थीहरुको प्रथम भेलाले अनेरास्ववियु दमक- इलाम सम्पर्क मञ्च गठन गरेको छ ।
दमक क्याम्पसमा आज भएको भेलाले शुक्र फागोको अध्यक्षतामा १९ सदस्यीय कमिटी बनेको छ ।
गठित कमिटीको उपाध्यक्षमा प्रकाश तामाङ, सचिवमा रोहन खरेल, सहसचिवमा नाम्नु हाङमा राई र कोषाध्यक्षमा मिसन सेलिङ तथा सदस्यहरुमा दिवस राई, रितेस बस्नेत, पर्बत राई, सुशील राई, सेसेहाङ योङ्हाङ, आचल साम्पाङ चुनिएका छन् ।
अनेरास्ववियु केन्द्रीय सदस्य तथा झापा संयोजक समर्पण खतिवडा, केन्द्रिय सदस्यद्वय सन्तोष दुलाल, दिपेश दाहाल, झापा जिल्ला सहसंयोजक नारायण पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।