प्रसाईको टिमबाट सहसचिवका युवा उम्मेदवार न्यौपाने


दमक,२६ भदौ ।
झापाको दमकमा कांग्रेस महाधिवेशनको रौनक बढदै जाँदा नगर अधिवेशनका प्रत्यासीहरु दौडधुपमा व्यस्त भएका छन् ।
नगरमा शक्तिशाली मानिएको प्रकाश प्रसाइँ नेतृत्वको टिमले आफूहरु पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने निष्कर्षसहित देउवा इतरको मोर्चाबन्दी गरेर चुनावी मैदानमा उभिएको जनाइरहेको छ ।
सोही टिमबाट उनी नगरको सहसचिव पदमा प्रत्यासीका रुपमा उभिएका छन् । युवा बिद्यार्थी माझ लोकप्रियता हासिल गरेका दमक १० का निवासी ३० बर्षिय नेत्र प्रसाद न्यौपाने ( नवराज) । पारिवारिक पृष्ठभुमिनै कांग्रेस भएका न्यौपाने सानै उमेरदेखि राजनीतिमा चासो र सरोकार राख्ने गर्थे । सञ्चार क्षेत्रमा समेत अनुभव सम्हालिसकेका उनी नेविसंघ झापाको पूर्व जिल्ला सदस्य समेत हुन । उनले व्यवसायिक कृषिसंगै सञ्चार क्षेत्रमा समेत लगानीकर्ताको पहिचान बनाइसकेका छन् ।
पार्टीमा युवा बिद्यार्थीको भुमिका महत्वपूर्ण हुने भएकाले पार्टीका हरेक कमिटीहरुमा उनीहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको धारणा छ । उनले भने,–‘ दमकमा कांग्रेसको गिर्दो साखलाई उचो बनाउन सक्षम र योग्य नेतृत्व आउनु आवश्यक रहेकाले आफू प्रसाइँ नेतृत्वको टिमबाट चुनावी मैदानमा होमिएका छौ ।’
नगरमा कांग्रेसले प्रसाइँको नेतृत्व पाउनु अनिवार्य छ कम्युनिष्टहरुसंग प्रतिस्पर्धाका लागि उनको नेतृत्व सक्षम भएकाले पनि कांग्रेस र शुभचिन्तकहरुले उनको नेतृत्वलाई जिताउनु आवश्यक रहेको उनको बुझाई छ । कांग्रेस महाधिवेशनको संशोधित कार्यतालिका अनुसार यही असोज ९ गते गाउँ नगरका अधिवेशन हुँदैछन् ।

Leave a Reply

Your email address will not be published.