द एभरेष्ट शाकोसको ११ औ बार्षिक साधारणसभा शुरु


कमल ,२५ भदौं। दमक ६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजबाट सेवा केन्द्र साधारण सभा शुरु गरेको छ । केर्खा सेवा केन्द्रमा सहकारीले ११ औ वर्षिक साधारणमा सभा शुरुवात गरिएको हो । सेवा केन्द्र सभामा संस्थाका अध्यक्ष दिपक खरेलले प्रतिवेदन प्रस्तुत गरे ।
अध्यक्षद्धारा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ७ करोड ७ लाख २ हजार रुपैया पुगेको छ । यो गत वर्षको तुलनामा ४१ लाख ७९ हजार ६ रुपैयाले बृद्धि भएको हो ।
त्यसैगरी बचत संकलन ४ अर्ब ७७ करोड ९ लाख ३८ हजार ५१९ रुपैया पुगेको छ । अन्य बचत तर्फ ५९ लाख १९ हजार २५९ रुपैया गरी जम्मा बचत ४ अर्ब ७३ करोड ५३ लाख ७९ हजार ९९८ रुपैया पुगेको छ । संस्थाले १० करोड ९६ लाख ७३ हजार ८४३ रुपैया आम्दानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शनिवार केर्खा सेवा केन्द्रबाट सुरु गरिएको साधारणसभा क्रमशः सुरुङ्गा, विर्तामोड, बुधवारे, उर्लावारी हुँदै भदौ २९ गते दमक सेवाकेन्द्र स्तरीय साधारण सभा गरेर सम्पन्न हुने छ भने भदौ ३० गते सुझाव संकलन सहितको माईन्युट प्रमाणीकरण गर्दै संस्थाको ११ औं साधारण सभा सम्पन्न हुने केर्खा सेवाकेन्द्र प्रमुख प्रेमचन्द्र भण्डारीले जनाकारी दिए ।
सेवा केन्द्र साधारणसभामा कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले सहकारीको उत्पति, विकास, सिद्धान्त र वर्तमान अवस्थाका बारेमा प्रकास पार्दै सहकारीका सञ्चालक र कर्मचारीको लापर्वाहिका कारण कतिपय सहकारीले सदस्यहरुको विश्वास गुमाएको उल्लेख गरे ।

कार्यक्रममा केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष अमल श्रेष्ठ,जेष्ठ सदस्य टेकनाथ खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका प्रशासन विभाग प्रमुख धर्मानन्द भट्टराईले सञ्चालन गरेका थिए भने केर्खा सेवा केन्द्र समितिका संयोजक भुवन चम्लागाईले शाब्दिक शब्दद्धारा शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.