तोपगाछी खानेपानीको लेखा संयोजकमा पुनः निर्वाचन गराउन माग

दमक,२२ भदौ । नेपाली कांग्रेससहितका विभिन्न छ वटा राजनीतिक दलले झापाको कमल गाउँपालिकास्थित तोपागाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिति खानेपानी स्किम ३ मा पालिकाका कर्मचारी समेत रहेका शिक्षा प्रमुख सुर्य प्रसाद न्यौपाने नियम विपरीत लेखा संयोजकमा निर्वाचित भएकोमा आपत्ति जनाउदै उक्त पदको निर्वाचन बदर गरि पुनः निर्वाचन गराउन माग गरेको छ ।
उनीहरुले लेखा संयोजकमा निर्वाचित भनिएका न्यौपाने हाल वहालवाल कर्मचारी भएको र संघीय निजामति कर्मचारी ऐन २०७५ को ७५ धारा र उपधारा १ मा उल्लेख गरिएको व्यवस्था विपरीत भएको ठहर गदैं निजको निर्वाचित प्रकृया खारेज गरि तुरुन्त विधि र प्रकृया अनुसार निर्वाचन गर्न आग्रह गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ , –‘बहालवाला शिक्षा प्रमुख जस्तो जिम्मेवार व्यक्ति अर्को संस्थाको जिम्मेवार पदमा मनोनयन गर्नु र मनोनयन दर्ता गराउने निर्वाचन समितिको यस्तो गैरजिम्मेवारीको घोर भत्सर्ना गर्दछौ ’
यसरी संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेमा कांग्रेस कमलका कार्यवहाक अध्यक्ष पदमबहादुर निरौला, माओवामदी केन्द्रका कमल अध्यक्ष रबिन गुरुङ, नेकपा एसका कमल उपाध्यक्ष खेमनाथ गुरागाई, जसपा कमलका अध्यक्ष प्रेम राई, राप्रपा कमलका अध्यक्ष युवराज खड्का र संघील लोकतान्त्रिक राष्ट्रिय मञ्चका कमल अध्यक्ष तेजु आङदेम्बे रहेका छन् ।

Leave a Reply

Your email address will not be published.