साहित्य कला सङ्गमको पद हस्तान्तरण कार्यक्रम

दमक ,२२ भदौं । यहाँस्थित साहित्य कला सङ्गमको २०औं साधारण सभाबाट नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गरिएको छ । निर्वाचन समितिका संयोजक हेमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई निर्वाचन समितिका सदस्यहरु डा. कमलप्रसाद वस्ती,शिवप्रसाद काफ्ले ,निर्वाचन सहजीकरणका सदस्य नरपति पाण्डेले टीका,माला र प्रमाणप्रत्र बितरण गरेका थिए ।

कार्यक्रममा संगमका निवर्तमान अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले नवनिर्वाचित अध्यक्ष बिन्दु दाहाल (मुकदर्शक) लाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा उपाध्यक्षहरु यादवप्रसाद अधिकारी (झाक्रिखोले ) ,दुर्गा काफ्ले,चन्द्रा गडतौला, महासचिव ओमप्रसाद खनाल,सचिव बीरेन्द्र खडका,सहसचिव मेघनाथ बन्धु,कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी,सदस्य डा.लेखनाथ न्यौपाने,बिवेक दुलाल क्षेत्री,रामकुमार उपाध्याय, ज्ञाननाथ निरौला र लीलाप्रसाद अधिकारी र लेखा समिति संयोजक गीता कुँवर,सदस्यहरु मच्छिन्द्र याक्खा र कृष्णमाया घिमिरे लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो ।

दमक – ६ स्थित संस्थाको कार्यलयमा भएको पदहस्तान्तरण कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य शिवप्रसाद काफ्लेले गरेका थिए । पद हस्तान्तरण भए पछि सोही दिन साहित्य कला सङ्गमको पहिलो बैठक समेत बसेको थियो ।

Leave a Reply

Your email address will not be published.