दमकमा प्याव्सनको ‘इसीए ’कार्यक्रमको तयारी पूरा

दमक,२१ भदौ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन ) दमकले यहि २३ भदौमा आयोजना गर्ने अतिरिक्त सहपाठ्यक्रम सम्बन्धी प्रतियोगितात्मक कार्यक्रम (इसीए ) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्याव्सन दमकले आज विहान पत्रकार सम्मेलन गरि अघिल्ला बर्षझै यसवर्षपनि इसीए कार्यक्रम भव्य रुपले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्याव्सन दमक नगर समितिका उपाध्यक्ष समेत कार्यक्रम संयोजक मित्र खत्रीले जानकारी दिए ।
उनका अनुसार प्याव्सनले दमक भित्रका संस्थागत विद्यालयहरुको सहभागितामा इसीए बर्सेनी सञ्चालन हुदै आएको र यसवर्ष त्यसको सबै तयारी सकिएको छ । इसीए कार्यक्रम यसपटक दमक ४ स्थित एकता एकाडेमीमा आयोजना हुदै छ ।
इसीए प्रतियोगितात्मक एक दिवसीय सो कार्यक्रममा प्याव्सनमा आवद्ध दमक भित्रका ४६ वटा विद्यालयका करिव ५ सय बढी विद्यार्थीहरुले विभिन्न विद्दामा भाग लिने संयोजक खत्रीले बताएका छन् । इसीए कार्यक्रममा नर्सरी देखि यूकेजीसम्मका विद्यार्थी वीच श्रुति लेखन,कक्षा १ देखि ५ कक्षावीच हाजिरीजवाफ, चित्रकला, कक्षा ८ सम्मका श्रुतिलेखन, कक्षा १० सम्मका नेपालीमा कविता वाचन ष्पर्धा हुने छन् ।
त्यसैगरि, आधारभूत विद्यालयका विद्यार्थी वीच हाजिरीजवाफ, अंग्रेजी तथा नेपालीमा निबन्ध लेखन, माध्यमिक स्तरिय अंग्रेजी तथा नेपालीमा निबन्ध लेखन,भाषण कला र चित्रकला प्रतियोगिता हुने कार्यक्रम संयोजक खत्रीले बताएका छन् । प्रतियोगितामा सहभागि विद्यार्थीको अनिवार्य परिचयपत्र हुनुपर्ने तथा फर्जी विद्यार्थी सहभागि गराएको पाईए प्याव्सनको नियम अनुसार त्यस्ता विद्यालयलाई कारवाही गरिने उनले जनाए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा दमक नगरपालिकाका शिक्षा संयोजक कुवेर भट्टराई,शिक्षा शाखाका प्रतिनिधि, विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थितिमा विजयी विद्यार्थीहरुलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिने जनाईएको छ ।
प्रतियोगिताका उत्कृष्ठ छात्रासहित २ ,२ जना प्रतियोगिहरु २९ भदौमा हुने प्याव्सन जिल्लास्तरिय इसीए प्रतियोगितामा सहभागिता जनाउने पाउने प्याव्सन दमकका कोषाध्यक्ष सुर्य कटुवालले बताएका छन् । प्याव्सनले जिल्लाको १५ वटै पालिकामा इसीएसहित सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता आफनो बार्षिक कार्यक्रमका रुपमा आयोजना गरिआएको छ ।पत्रकार सम्मेलनमा प्याव्सन दमकका सदस्यहरु खड्गबहादुर बुढाथोकी, लक्ष्मी नेपाल,प्रविण पाठक लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.