दमक ,२१ भदौं । चट्याङले लागेर दमकमा एक बालिका घाइते भएकी छन् ।घाईते हुनेमा दमक नगरपालिका -१० नलबारी बस्ने उज्वल लिम्बूकी छोरी १२ वर्षीया सिर्जना लिम्बू रहेकी छन् ।
आफ्नै घरको भान्सा कोठामा काम गरिरहेका बेला साँझ ७ वजेतिर वर्षासँगै आएको चट्याङको झड्का लागेर उनी घाइते भएकी हुन् । उनको बाँया खुट्टाको पैतालामा चोट लागेको छ । घाइतेलाई आम्दा अस्पताल दमकमा ल्याइ उपचार भइरहेको प्रहरीले जनाएको छ ।