कमल ,२१ भदौं । कमल -५ पाडाजुंगीस्थित चौकस्थित लगनशील कृषि सहकारी संस्थाले आफनो १५ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
सोमबार संस्थाको आफनै सभाहलमा संक्षिप्त कार्यक्रम गरि बार्षिक प्रतिवेदन पुस्तिका सार्वजनिक गरिएको अध्यक्ष गोविन्द खनालले बताए । प्रतिवेदन पुस्तिका संस्थाका पूर्व अध्यक्ष तथा कमल ५ का वडाअध्यक्ष एलवी विष्ट, संस्थाका सल्लाहकार संयोजक भोजकुमार घिमीरे, सञ्चालक समितिका पूर्व अध्यक्ष ,पदाधिकारी,सदस्यहरुले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
अध्यक्ष खनालका अनुसार साधारणसभाका कार्यक्रम अन्तर्गत भदौ २० देखि २३ गतेसम्म कार्यालयमार्फत सदस्यहरुलाई प्रतिवेदन उपलव्ध गराइने छ । प्रतिवेदन उपर सदस्यहरुबाट प्राप्त हुने राय,सुझावहरुलाई समेटेर भदौ ६ गते औपचारिक रुपमा साधारणसभाका कार्यक्रमहरु आयोजना हुने छन् । साधारणसभा स्थानीय रोडस्टार पार्टी प्यालेशमा हुने जनाईएको छ ।