सेमिनालाई दमक तेक्वान्दो डोजाङको सम्मान

दमक,१९ भदौं । नेपाल तेक्वान्दो एशोसियसनले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय प्रतियोतिामा दमककी सेमिना राईले उपाधि जितेकी छन् । भाद्र १२, १३ र १४ गते सम्पन्न चौथो लिग च्याम्पियनसीपमा दमक तेक्वान्दो डोजाङकी खेलाडी सेमिना राईले पुम्से विधातर्फ काँस्य पदक जितेकी छन्। १० वर्ष मुनीका उमेर समूहबाट सहभागिता जनाएकी उनले देशभरिबाट ६८ जना प्रतियोगिहरुसंग प्रतिष्पर्धा गरेकी थिइन् । एशोसियसनले बर्षेनी लिग प्रतियोगिता आयोजना गरिआएको छ ।

वर्षदिन अघि स्थापना भएको डोजाङले तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा पहिलोपटक यो सफलता पाएको अध्यक्ष जितु धिमालले बताए । डोजाङकी प्रतिभावान खेलाडी सेमिनाले पाएको यो सफलताको सम्मानमा डोजाङले बुधबार एक कार्यक्रम गरि उनलाई बधाईसहित सम्मान गरेको थियो ।

दमक -५ स्थित सर्वोदय इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा भएको सो कार्यक्रममा काँस्य पदक विजेता सेमिनालाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान प्रदान गरिएको थियो । सेमिनालाई सम्मानित गर्दे अध्यक्ष धिमालले उनको यो जित डोजाङका सवै खेलाडीहरुको जित भएको उल्लेख गरे । खेलजीवनमा अझ बढी मेहनत र निरन्तर प्रशिक्षण आवश्यक रहेको बताउँदै उनले खेलाडीहरूलाई आगामी प्रतिस्पर्धामा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गरेका थिए ।
कार्यक्रममा डोजाङका उपाध्यक्ष नवीन योगी, पत्रकार अनिलदेव राई ,खेलाडीहरुको उपस्थिति रहेको थियो । डोजाङले दमकका चार विद्यालयमा करिब १५० विद्यार्थीलाई नियमित रुपम तेक्वान्दोको प्रशिक्षण प्रदान गर्देआएको छ ।

 

Leave a Reply

Your email address will not be published.