तेक्वान्दो संघको रक्तदान,५४ पिन्ट रगत संकलन

दमक,१६ भदौ । तेक्वान्दो संघ (आइटीएफ) झापाले आज दमकमा आयोजना गरेको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । दमकको मुख्य बजार क्षेत्र नमुना मार्गमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरिसकेका छन् ।
नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईसहित आइटिएफका खेलाडी तथा सर्वसाधारणहरुले रगतदान गरेका संघका सचिव पारसमणी आचार्यले जानकारी दिए ।
संघका अध्यक्ष नविन तामाङको अध्यक्षतामा भएको रक्तदानमा दमक २ का वडाअध्यक्ष प्रजापति सापकोटा, दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापा, संघका संरक्षक बबरजङ थापा (किरण) , नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, सल्लाहकारहरु रवि केसी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, वरिष्ठ उपाध्यक्ष राजु खडका ,सामाजिक व्यक्तित्वहरु डा.सुर्य नारायण शाह , कासी खाती , रुद्र गौतम , नगर प्रहरी प्रमुख रुद्र कार्की  लगायतको उपस्थिति रहेको थियो ।
संघले रक्तदाताहरुलाई कार्यक्रममा अतिथिहरुले प्रमाण पत्रसँगै फुलका विरुवा हस्तान्तरण गरेका थिए ।संघले यसअघि समेत विभिन्न अवसर पारेर रगतदान लगायतका सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.