बिर्तामोड्को मुख्य बजार ,मुक्ति चोक आसपासका क्षेत्रहरुमा सरसफाइ

झापा ,१६ भदौ। मिस्टर एण्ड मिस विश्वकर्मा पूर्वाञ्चल प्रतियोगिताको क्लोज क्याम्पमा रहेका प्रतिस्पर्धिहरुले आज बिर्तामोड्को मुख्य बजार मुक्ति चोक आसपासका क्षेत्रहरुमा सरसफाइ गरेका छन् ।
बी ब्रोस इन्टरटेन्डमेन्टको आयोजनामा हुन लागेको मिस्टर एण्ड मिस बिश्वकर्माका क्लोज क्यम्पका प्रतिस्पर्धिहरु सहितको टिमले आज सरसफाइ गरेको प्रदेश इन्चर्ज राज दियालीले बताए । उनका अनुसार प्रतिस्पर्धिहरुलाई समाजिक कार्यमा उत्तरदायी बन्नको लागि सरसफाई अभियानमा सहभागी गराईएको हो । यस अभियानले बिर्तामोड बजारलाइ सफा राख्न मद्द्त पुग्ने उनले सुनाए ।
अहिले प्रतियोगी हरु क्लोज क्याम्प्मा रहेका छ्न् ।यहि भाद्र २२गते हुने ग्रान्ड फिनालेलाइ लक्षित गरि क्लोज क्याम्प गरिएको बि ब्रोस इन्टरटेन्ड्मेन्ड्का चियर मेन सन्जय बिकले जानकारी दिए ।

उनका अनुसार क्लोज क्याम्पमा मोड्लिङ्गमा चाहिने सबै अधारभुत ज्ञान् सिकाइने छ । क्लोज क्याम्पमा झापा,इलाम पाँचथर,धनकुटा ,सुनसरी र मोरङ्गका १८ महिला र १०पुरुष गरि २८जनाको सहभागिता रहेको छ । बिर्तामोड स्थित मेघा कम्प्लेक्सको हलमा भइरहेको क्लोज क्याम्पको प्रशिक्षण चर्चित मोडल तथा सस्थाका चियर मेन सन्जय बिकले दिदैछ्न ।
कला साहित्य र मनोरञ्जन सम्बन्धी विभिन्न कार्यक्रम उत्पादन र सञ्चालन गर्दै आइरहेको बी ब्रोसले विश्वकर्मा समुदायभित्र रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले मिस्टर एन्ड मिस पूर्वाञ्चल प्रतियोगिताको आयोजना गरेको संस्थाका प्रदेश इन्चार्ज राज दियालीले जानकारी दिए।
सहभागी प्रतियोगिहरुलाइ भदौ २१गते सम्म तालिम गराएर भदौ २२ गते बिर्तामोडस्थित साइ पाटी प्यालेस सिटी सेन्टरमा ग्रान्ड फिनाले भब्यताको साथ सम्म्पन्न गर्ने बताइएको छ ।पूर्वाञ्चल मिस्टर तथा मिस हुनेलाई नगदसहित आकर्षक गिफ्ट हेम्पर तथा म्युजिक भिडियो र मोडलिङमा अवसर प्रदान गरिने आयोजकले बताएको छ ।प्रदेश १ मात्र नभई सातै प्रदेशबाट छनौट भएकाहरू2024 मा काठ्माण्डौमा हुने ग्राण्ड फिनालेमा सोझै सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.