दमक,१५ भदौ । यहि भदौ २९ गते हुने तय भएको नेपाली कांग्रेस निर्वाचन क्षेत्र न. ५ झापाको प्रथम क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ ।सम्मेलन भव्य रुपमा सफल बनाउन आज क्षेत्रीय समितिले दमकमा पार्टीका प्रदेश, महाधिबेशन प्रतिनिधिहरु,जिल्ला, क्षेत्रीय तथा गाउँ ,नगरका वडा सभापतिहरुको उपस्थितिमा बैठक बसेर विभिन्न विषयमा छलफल गरिएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।
दमक ६ स्थित पशुपति मन्दिरको सभाहलमा दिउँसो १२ वजे हुने सम्मेलनमा पार्टीका महामन्त्री समेत रहेका प्रखर बक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहने बताईएको छ ।
बैठकले सम्मेलन सफल बनाउन क्षेत्रीय अन्तर्गत गाउँ,नगरका २९ वटै वडाबाट पार्टी कार्यकर्ताहरुको वृहत उपस्थिति गराउने निर्णय गरिएको उनले बताएका छन् । बैठकमा क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले सम्मेलनको विषयमा जानकारी गराएका थिए । दमकस्थित पार्टी कार्यालयमा भएको छलफलमा कांग्रेस प्रदेश सदस्य समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, कांग्रेस झापाका पूर्व जिल्ला कोषाध्यक्ष देवीप्रसाद दाहाल, जिल्ला सदस्य बिष्णु सुब्बा,दमक ४ का सभापति राजेन्द्र सिटौला लगायतले सम्मेलनका विविधि विषयमा आ-आफनो विचार राखेका थिए ।
पार्टीको आन्तरिक विशेष अभियान अन्तर्गत यसअघि झापा ५ को प्रदेशसभा तर्फ (ख) प्रदेश समितिसहित गाउँ, ,नगर, वडाका सम्पूर्ण सम्मेलनहरु सम्पन्न भईसकेका छन् ।
प्रदेशसभा (क) को सम्मेलनमा नेता पौडेल
भोलि भदौ १६ गते हुने कांग्रेस झापा ५ प्रदेशसभा (क) को गौरादहमा प्रथम सम्मेलनमा पार्टीका नेता प्रदिप पौडेल आउने भएका छन् ।गौरादह -२ स्थित विपी स्मृति भवनमा दिउँसो १ वजे हुने सम्मेलनमा सम्बोधन गर्न संघीय सांसद समेत नेता पौडेल गौरादह आउने भएका कांग्रेस झापा ५ प्रदेशसभा (क ) का सभापति जीवन राईले जानकारी दिए । सम्मेलन सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।