
दमक,१६ भदौ । दमकका युवा व्यवसायी रमेश लुईटेलले थप नयाँ कम्प्यूटर पसल सञ्चालनमा ल्याएका छन् । दमक – ६ थाना रोडमा उनले आजदेखि औपचारिक रुपमा सुविधासम्पन्न आरम्भ कम्प्युटर पसल सञ्चालनमा ल्याएका हुन् ।
पसलको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरे ।उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले व्यवसायी लुइटेलको कम्प्यूटर व्यवसायको व्यवसायिक सफलताको शुभकामना राखेका थिए । दमकमा २०६३ सालदेखि नेशनल कम्प्यूटरको नामबाट व्यवसाय गरिआएका उनको यस व्यवसाय पाँचौ रहेको उल्लेख गरे ।
आरम्भमा विश्ववजारमा पाईने कम्प्यूटर तथा ल्यापटपसंगै इलेक्ट्रोनिक्स समानहरु सुपथ मूल्यमा उपलव्ध हुने उनले जनाएका छन् । उनका अनुसार ल्यापटपमा एप्पल, डेल, एचपी, लेनेभो, एसर ब्राण्ड तथा डेक्सटप, ब्रदर, इपसन क्यानोन ब्राण्डका फाटोकपी र प्रिन्टर मेसिन, सिसी क्यामरा, ब्याट्री इन्भटर, सामसुङ पानासोनिक ब्राण्डका एसी फ्रिज, टिभी, होम एप्लाईसेसका सामानहरु उपलब्ध छन् । उद्घाटनका अवसरमा केहिदिनका लागि समान खरिदमा आर्कषक छुटको समेत व्यवस्था गरिएको उनले वताएका छन् ।
पसल उदघाटनमा सञ्चालक रमेश लुइटेलसंगै वाणिज्य संघका अध्यक्ष श्रेष्ठ, दमक जेसीजका अध्यक्ष सुयोग खरेललगायतकाले बोलेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई , दमक जेसीजका महासचिव निरोज आचार्य, व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।