शिवसताक्षी,१५ भदौं । झापाको शिवसताक्षी -११ मा अवस्थित जिल्लाकै धार्मिक तथा पर्यटकीयस्थल दोमुखा धार्मिक तथा पर्यकटीय व्यवस्थापन संस्थाको अध्यक्षमा मोहनबहादुुर कार्की निर्वाचित भएका छन् । आफना दुई प्रतिष्पर्धीलाई उछिन्दै तीन वर्षे कार्यकालका लागि उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४८७ मत प्राप्त गरि विजयी भए ।
अध्यक्ष पदका दुई उम्मेद्वार मनबहादुर मगरले ४२६ मत र किरण ओलीले १४६मत प्राप्त गरेका छन् । निर्वाचनमा कार्की लोकतान्त्रिक समूहबाट रहेका थिए भने, मगर प्रगतिशिल समूहबाट आफ्नो उम्मेद्वारी दिएका थिए । ओलीले स्वतन्त्र रुपमा आफुलाई उभ्याएका थिए । पदाधिकारीमा सचिव बाहेक अन्य पदमा कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूहले जित निकालेको हो ।
त्यस्तैगरी प्रथम उपाध्यक्ष पदमा ६६८ मत प्राप्त गरी प्रेम जवेगु विजयी हुदाँ उनका प्रतिष्पर्धी ठाकुरप्रसाद ढकालले ३५९ मत प्राप्त गरेका थिए । संस्थाको द्वितीय उपाध्यक्षमा ५२१ मत प्राप्त गर्दै इन्द्र न्यौपाने विजयी भए भने उनका प्रतिष्पर्धी कृष्ण बस्नेतले ४६२ मत प्राप्त गरे ।
त्यसैगरी सचिवमा तेजबहादुर भट्टराई विजयी भएका छन् । भट्टराई ५१९ मत प्राप्त गरी विजयी हुदाँ उनका प्रतिष्पर्धी धनकुमार ढकालले ५०३ मत प्राप्त गरेका छन् ।
सहसचिवमा ५७२ मत प्राप्त गर्दै अग्नीप्रसाद राई विजयी भएका थिए भने उनका प्रतिष्पर्धी देवीबहादुर चेम्जोङ्गले ४२८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा चुनमाया दाहाल (आशा)ले ५३२ मत प्राप्त गर्दै विजयी भईन् भने उनकी प्रतिष्पर्धी रेनुका फुयलले ४८१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
खुल्ला पाँच सदस्य पदमा कृष्णचन्द्र सेलिङ्ग ४७३, पे्रमप्रसाद फुयल ४३८, महेन्द्र जोगी (गोपाल) ४३६, रेवतप्रसाद संग्रौला ४८२, सूयप्रसाद निरौला ४९२ मत प्राप्त गरी विजयी भए भने चार खुल्ला महिला सदस्यहरुमा मनकुमारी लावती (४९९) , राममाया साम्सुहाङ्ग (हिना) ५१९, सविना लिम्बू (खेवा) ४७७ र सीता खत्री ४६९ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ । दोमुखामा शनिवार सम्पन्न निर्वाचनमा ८२.२ प्रतिशत मत खसेको थियो । निर्वाचनमा १३३५ मतदाता मध्ये १०९५ मत खसेको गठित निर्वाचन समितिका संयोजक लिला भट्टराईले बताए ।