झापामा कांग्रेसको वडा अधिवेशन एक दिन सर्यो

झापा, १५ भदौ । आन्तरिक व्यवस्थापनमा समय अभाव भएको कारण देखाउँदै नेपाली कांग्रेसले झापामा वडा अधिवेशनको तिथि एक दिन पछि धकेलेको छ ।
नेपाली कांग्रेस झापका प्रचार विभाग प्रमुख कृष्ण हुमागाइँले आजको कांग्रेस बैठकले गाउँ गाउँमा चुनावको व्यवस्थापनमा थप समय चाहिएको हुँदा भदौ १९ गते सो अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए ।
पूर्व निर्धारित तिथि अनुसार भदौ १८ गते वडा अधिवेशन हुनुपर्ने हो । उनले भदौ १८ गते मतदान केन्द्र निर्माणको काम सुरु हुने समेत बताए ।

केन्द्रबाट खटिएर आएका निर्वाचन अधिकृत सुबोधबाबु चिलवालको प्रमुख आतिथ्य र जिल्ला सभापति उद्वव थापाको सभापतित्वमा आज विर्तामोडमा कांग्रेसको विस्तारित बैठक बसेको थियो । सोही बैठकले १८ गतेको वडाअधिवेशन एक दिन पछि धकेलेको हो ।

नेपाली कांग्रेस झापाको निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक संघ आबद्ध पदाधिकारी-सदस्यहरुलाई निर्वाचन-मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशन अनुरुप खटाइने भएको छ ।

निर्वाचन समितिले झापाको १३१ वडाकै मतदान अधिकृत तोकिसकेको छ ।

Leave a Reply

Your email address will not be published.