कमलमा अखिल क्रान्तिकारीको नेतृत्व चयन

कमल,१५ भदौ । नेकपा माओवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु ( क्रान्तिकारी ) को कमल गाउँ कमिटीको नयाँ नेतृत्व चयन भएको छ ।
कमल ५ स्थित मंगलमय माविको भवनमा सोमबार सम्पन्न चौथो सम्मेलनबाट अभिषेक सुन्दासको अध्यक्षतामा अखिल क्रान्तिकारीको गाउँ कमिटी गठन गरिएको हो । सर्वसम्मत गठित कमिटीको उपाध्यक्षमा स्मृति तिवारी,सचिब सिङ्यक लिम्बू,कोषाध्यक्षमा मनिष दाहाल र सहसचिवमा प्रतीक कार्की लगायत चुनिएका छन् ।
२१ सदस्यीय गठित कमिटीको घोषणा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष रन्जन धमलाले प्रस्तुत गरेका थिए ।देवु चापागाईको अध्यक्षतामा भएको सम्मेलन उद्घाटनमा विद्यार्थी नेता बिनोद तिम्सिना, पार्टीका नेता बिमल संग्रौला ,पार्टीका कमल सचिव रबिन गुरुङ लगायतले बोलेका थिए ।
सम्मेलनको कार्यक्रम सञ्चालन राजन चापागाइले गरेका थिए भने मार्क्सवादी ज्ञान केन्द्रका केशव तिमिल्सिना,पार्टीका कमल ५ का वडा अध्यक्ष विरेन्द्र तिवारी, नेत्र कार्की, एल बिष्ट,गोविन्द तिवारी लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.